“एउटी आमा सै ओटा शिक्षकको बराबर हुञ्छ”, (किबू बोर्डिगको भित्तामा लिखेको संदेश)। बालबालिकाले आफ्नो प्रारम्भिक ज्ञान आमाबाट प्राप्त गर्ने र त्यो नै जीवनको स्थायी आधार बन्ने कुरामा म पुर्णरुपमा सहमत छु। आफै शिक्षक भएर आफ्न जिम्मेवारी लुकाउन मेरो कुनै मनशा छैन। शिक्षकको जिम्मेवारी तोकिएको छ र हामिले पनि आफ्न जिम्मेवारी उठाउनु पर्छ। वर्तमानमा धादिङ्ग जिल्लामा कार्यरत हुदा कति ओटा नया कुरा सिक्न पाइयो। कति ओटा आमाहरुको बालबालिकाको शिक्षा प्रति विशेष ध्यान र उनको मिहिनेत हेर्दा कहिलेकाही उनीहरुलाई सम्मानको नजरले हेर्छु।

के आमा मात्रै अभिभावक हुन् ?
अभिभावक भन्नाले आमाबुबा, हजुरआमा, हजुरबुबा, दाइदिदी र अन्य स्याहारकर्ताहरू हुन् । बालबालिकाको पहिलो माया, सहारा, गुरु, संरक्षक, साथी, आमाबुबा वा अभिभावक नै हुन् । अभिभावकहरुलाइ बालबालिकाको असल मानसिक र शारीरक स्थिति थाहा हुन्छ र उनीहरुको सल्लाह बमोजिम शिक्षकवर्गले पनि उचित कदम चालेर बालबालिकाको उज्जवल भविस्यको लागि सहयोग गर्ने। अभिभावकको विशेषगरी, बालबालिकाको भावना, संवेदनशीलता, आचरण, व्यवहार, स्वभाव, आत्मविश्वास, आत्मसम्मान, सिक्ने क्षमता, सामाजिक सम्बन्ध कायम गर्ने सिप विकासमा महत्त्वपूर्ण भूमिका हुन्छ ।
बालबालिकाको पहिलो विद्यालय उनीहरूको घर र अभिभावक पहिलो शिक्षक हुन् । घर देखि उनीहरुले पहिलो पाठ पढछ र संस्कार सिकछ। अचेल कतिपय अभिभावकज्यु हरुलाई लाग्छ, हामीले बोर्डिंगमा भर्ना गरि दियो, ट्युशन हाली दियो अब शिक्षा राम्रो गर्न विद्यार्थी र शिक्षकको कर्तव्य हो! यो अवधारणा ठिक छ त् ?
खै! के भनुम?
अभिभावक र शिक्षक दुवै ले एउटा उदारहण पेश गर्न पर्छ। आफै रक्सि खाने र बालबालिकालाइ रक्सि खानु हुदैन कसरि भन्ने?
अभिभावाक्ज्युले गर्नपर्ने केहि कुराहरु यश प्रकार छ
१ – मानसिक र शारीरिक अवस्थाको शिक्षकलाइ सहि जानकारी दिनुस।
२- पढाईको बारेमा, साथीको बारेमा महिनामा दुइ – चार पटक जरुर कुरा गर्नुस।
३- कक्षा कार्य र गृहकार्य निरीक्षण गर्नुस।
४- पढ्ने, खेल्ने र खालि समयको सदुपयोगको लागी समय तालिका बनाउनुस।
५- महिनामा एक पटक बिद्यालय भ्रमण गर्नुस।
६- साथिहरु को- को छ र उनीहरुले के -के गर्छन , भ्याए सम्म नजर राक्नुस ।
७- कमजोर बिद्यार्थी लाइ प्रोत्साहित गर्नुस र उनीहरु लाइ अलिक खास ख्याल राख्नुस र कहिलेपनि हतोउतसाहित न गर्नुस।
८- अरु बालबालिका सग तुलना गरि गालि नगर्नुस।
९- मोबाइलले धेरॆ राम्रो र नराम्रो असर पार्छ। मोबाइल हाम्रो सुविधाको लागि हो, तर हामि मोबाईलको लागि भए जस्ता छ!
१०- कक्षा दश पछि छोराछोरीलाई कुनै दबाब नदिई, उनीहरूको रुचि एवं क्ष्ँमता मूल्यांकन गरेर उपयुक्त कलेज र विषय छनोटमा सहयोग गर्नुस।
अन्तमा – साहित्यसङ्गीतकलाविहीनः साक्षात्पशुः पुच्छविषाणहीनः।
तृणं न खादन्नपि जीवमानः तद्भागधेयं परमं पशूनाम्॥
नोट – नेपालि भाषा एकदमै रमाइलो भाषा हो, आफै नेपालि विषय न पढेर केहि अशुद्धि भए माफ गरिदिन हुन्छ भनि आग्रह गदैछु।



























